सोलुखुक्बु : सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका १ मा रहेको हुँगा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो पौने ११ बजेको समयमा माहाकुलुङ गाउँपालिका ५ बस्ने अंदाजी ३४ वर्षीय प्रज्ञान कुलुङ राई ऐ स्थित साम्पेम्बा सामुदायिक बन तर्फ जादै गर्दा हुँगा खोलामा फड्के बनाइ तर्ने क्रममा लडि खोलाले बगाएको थियो । घटनाको बारेमा जानकारी पाए पश्चात ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरीको टोली तथा आफन्तले खोज तलाश गर्ने क्रममा खोला देखी १ किलो मिटर पर राईलाई मृत अवस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।