ईलाम : ईलामको माङसेवुङ गाउँपालिका ४ मा शुक्रवार राती खुकुरी प्रहारबाट १ जना घाइते भएका छन् ।
खुकुरी प्रहारबाट सोही स्थान बस्ने २७ वर्षीय सन्देश राई घाइते भएका हुन् । राईलाई राती ११ बजे सोही स्थान बस्ने ५५ वर्षीय अमृत प्रसाद राईले चोर भनि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट राईको टाउको, ढाड र हातमा चोट लागेर उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड. सी. अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । खुकुरी प्रहार गर्ने राईलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।