धरान : सधै साथीभाईहरु संग होटलमा तामझाम संग आफ्नो जन्मदिन मनाउदै आएका सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेलले यो वर्ष भने फरक रुपमा आफ्नो जन्मदिन मनाउदै धरान – ३ स्थित सरस्वति बाल अनाथ आश्रममा आश्रित २५ जना बालबालिकाहरुलाई खाना खुवाएका छन् ।
सोमबार शिवरात्रिको दिन उक्त आश्रमको आजीवन सदस्य समेत बन्दै आफ्नो साथीभाइहरु संगै आश्रममा आश्रित बालबालिकाहरु संग केक काटेर जन्म दिन मनाउन पाएकोमा आफुलाई छुट्टै आनन्द आएको खेम कुइकेलले बताए । तडक/भडक गरेर रमाइलो गर्नु भन्दा अनाथ बालबालिकाहरुसंग को एक क्षणले ठुलो खुसि मिल्ने र उनीहरुलाई केहि मात्रामा भएपनि सहयोग मिल्ने आश्रमकी अध्यक्ष श्रीमती नैनकला न्यौपानेले बताइन ।