धरान : धरान-१५, मा रहेको समानता एकेडेमीका विद्यार्थीहरूले अतिरिक्त क्रियाकलाप प्रदर्शनी गरेका छन् ।

चैत्र २ गते शुक्रवार विभिन्न कार्यक्रमहरू एवम् अभिभावकका माझ कक्षा १, २ र ३ का विद्यार्थीहरूद्वारा तयारी गरिएको अतिरिक्त क्रियाकलापहरू प्रदर्शनी गरेका थिए ।

विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलाप पनि उत्तिकै महत्त्वपूर्ण रहेकोले हरेक वर्ष झैँ यसवर्ष पनि विद्यालयमा वार्षिक खेलकुद, शैक्षिक भ्रमणसँगै अतिरिक्त क्रियाकलापको प्रदर्शनी सम्पन्न भएको स्कुल प्रिन्सिपल अमित थापाले जानकारी दिए ।

प्रदर्शनीमा करिब ४५ जना विद्यार्थीहरूको सहभागिता थियो जसमध्ये कक्षा १ बाट प्रथम श्रीयानी बस्नेत, दोस्रो यसिमा मगर र तेस्रो अंशु भारती, कक्षा २ बाट प्रथम रियान थापा मगर, दोस्रो रियान कालिकोटे, तेस्रो सुविना तामाङ साथै कक्षा ३ बाट प्रथम जेशन राना मगर, दोस्रो सौर्य ताम्राकार, तेस्रो माहिर थापा लगायतका  विजयी भए ।

विजेता विद्यार्थीहरू साथै वार्षिक खेलकुद र ‘मन्थ अफ द स्टुडेन्ट’ श्रीयानी बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य सँगै आगामी शैक्षिक सत्र २०८१ मा यस्तै विभिन्न अतिरिक्त क्रियाकलापहरूसँगै यस विद्यालयमा प्राविधिक कक्षाहरू साथै विद्यार्थीहरूको सिकाई क्षेत्रलाई प्रोत्साहन दिँदै कक्षाहरू पनि सञ्चालन गरिने प्रिन्सिपल थापाले बताए ।

samanata-academy-123

samanata-academy-3