धरानः क्यान्सरको उपचार गराई रहेका पाँचथरका अग्रज पत्रकार कविन्द्र शेर्माको उपचारका लागी लिम्बु पत्रकार संघ सुनसरीले आर्थिक सहयोग प्रदान गरेको छ ।

किराँत याक्थुङ चुम्लुङ्गमा आयोजित पत्रकार सम्मेलनमा लिम्बु पत्रकार सुनसरीले २६ हजार १ सय ६१ रुपैया प्रदान गरेको छ । उक्त रकम संघका सुनसरी अध्यक्ष स्वर्णिमहाङ लिम्बुले शेर्मा बचाउ अभियानका ससंयोजक निलिफा सुब्बालाई डिजिटल पे ईसेवा मार्फत खातामा प्रदान गरे ।

उक्त अवसरमा संयोजक सुब्बाले पत्रकार शेर्माको घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचारत भैरहेको जानकारी दिइन् । सुनसरी शाखाको रकम सहित शेर्मालाई उपचारका लागि कुल १ लाख रुपया आर्थिक सहयोग प्रदान गरिने बताइन् ।

यसअघि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज संघीय कार्यालय काठमाडौंमा कार्यक्रम बिच शेर्मालाई ३ लाख ८७ हजार रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ । फोनिज अध्यक्ष गजुरधन राई र सङ्जुम्भोका नेतृत्वद्वारा संयुक्त रुपमा उक्त रकम प्रदान गरिएको हो ।