झापा : झापाको दमकमा आज साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आज साँझ दमक ७ स्थित पशु हाट डाँडामा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रु बाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्र १- ०२-०५२ प २२११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ३६ को मिलन थापाको ज्यान गएको हो ।
थापाको उपचारको क्रममा विराटनगर स्थित आर्या न्युरो अस्पतालमा राति पौने ९ बजे ज्यान गएको हो । बस र बस चालक झापा गौरादह नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय सरकार टुडुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।