इटहरी : शैक्षिक परामर्शमा ख्याति कमाएको केआइइसी इटहरीले एजुकेसन फेयर आयोजना गर्ने भएको छ ।

केआइइसी इटहरीमा जेठ २७ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म १५ बढी विश्वविद्यालयका प्रतिनिधिले निःशुल्क परामर्श दिन लागेका हुन् । 

सामाजिक तथा शैक्षिक गतिविधिमा सक्रिय रहेको केआइइसीले युके, अस्ट्रेलिया, न्युजिल्यान्ड, जर्मन, फ्रान्स, नेदरल्याण्ड, क्यानडा लगायत देशमा विद्यार्थी पठाउँदै आएको छ ।

कक्षा १२ को परीक्षा दिएर बसेका तथा विदेशमा अध्ययन गर्ने सोच भएका विद्यार्थीको लागि सुविधा प्रदान गर्न लागिएको हो ।

देशको अवस्था, शैक्षिक वातावरण, शुल्क देखि सामाजिक अवस्थाको बारेमा सम्पूर्ण जानकारी एजुकेसन फेयरमा पाइने भएको छ ।

KIEC-123