धरान : नेपाल आदिवासी जनजाति महासङ्घमा धरान अध्यक्षमा हेमराज जिमी निर्वाचित चयन भएका छन् ।

प्रतिद्धन्दी मनोहर शाक्यलाई १ मत अन्तरले पराजित गर्दे जिमी निर्वाचित भएका हुन ।अध्यक्षका जिमीले  ७ मत उनका प्रतिद्धन्दी शाक्यले ६ मत पाएका थिए ।आज शनिवार भएको नगर अधिवेशनमा अध्यक्ष र सहसचिव वाहेक सबै पद निर्विरोध निर्वाचित भएको थियो ।

अध्यक्ष र सहसचिवमा भने घम्साघम्सी प्रतिस्पर्धा भएको थियो ।सह–सचिवद्वय नाम्जा भेटे र लाखमान लिम्बु  निर्वाचित भएका छ्न ।

अधिवेशनले जिमीको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ । समितीको उपाध्यक्षहरु सम्फर तामाङ, सिता राई, केशव बहादुर भुजेल, बिष्णु गुरुङ, सचीव कर्ण सुनवार, कोषाध्यक्ष तिखे शेर्पा महिला सहसचिव रिता रानामगर चयन भएका छन ।

janjati-mahasag 1