धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले श्रमदानको नाममा उपमहानगरपालिकाबाट रकम लिने गरेको उपप्रमुख अईन्द्र विक्रम बेघाले खुलासा गरेका छन् ।  
उपप्रमुख बेघाले सोमबार कपुरीलाई ‘मेयर साम्पाङले सामाजिक सञ्जालमा श्रमदान गरेर नगरका विभिन्न काम गरेको भनी जनता माझ लोकप्रिय बने पनि उनले श्रमदान भन्दै नगरपालिकाको कोषबाट रकम निकासी गर्ने गरेको’ बताए । 
उनले भने ‘मेयर साम्पाङले जनता र सामाजिक सञ्जालमा भाइरल हुन श्रमदान गरेता पनि नगरपालिकाको कोषबाट रकम निकाल्ने गरेका छन् ।’ उनले श्रमदान त प्रमुख साम्पाङको देखाउने दाँत मात्र भएको बताउँदै हरेक कामको रकम धरान उपमहानगरपालिका कोषबाट निकासा हुने गरेको आरोप लगाए । 
उनले भने ‘आज (सोमवार) पनि साम्पाङले अनुगमन तथा सुपरिवेक्षण समितिलाई रकम निकासा गर्न निर्देशन दिएका थिए, तर उनको निर्देशनलाई इन्कार गर्दे निर्देशन मान्य हुँदैन भनेपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो मानहानी गर्दै अवपाह फैलाएका छन् ।’  
जेठ १६ गते राति आएको भीषण वर्षाका कारण शेरा, सेउती, मशाने, सर्दु, निशाने खोलाहरू र नगरका विभिन्न खहरेहरूले खेतबारी, बस्ती, सडक र पक्कीपुलहरु बगाएर लान, भत्काउन सक्ने गरी बाढी आएको थियो । 
प्रमुख साम्पाङले तत्काल राहत तथा बचाऊका लागि जाली हाल्ने, खोला च्यानलिङ गर्ने कार्य गरेको कामहरुलाई अनुगमन गरी भुक्तानी दिनु भनी निर्देशन दिएका थिए । उपप्रमुख बेघाले भने ‘मेयर साबले आजै सोमबार साँझ ७ :४५ बजेको समयमा फेसबुकमा ‘हाम्रो उपमेयरले श्रमदान अभियानलाई असहयोग गर्ने रे, विशेष गरी बाढी पहिरो नियन्त्रणमा गरेको श्रमदान मन नपरेको रैछ ।’ भन्दै  स्टाटस लेखेको बताए ।
mayaor-rakam-nikasha--nirde