धरान : मोरङको पथरीशनिश्चरेमा आज शुक्रवार बिहान सर्पले डसेर एक ६५ वर्षिया वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पथरीशनिश्चरे-६, मङ्गलबारेकी ६५ वर्षीया मेघिया चन्द्रवंशी मण्डल हुन । बिहान घरमै रहेका बेला उनलाई गोमन सर्पले दाहिने खुट्टाको पैतलामा डसेको थियो ।

स्थानीयका अनुसार सर्पले डसेको केही समयमै उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि परिवारले तत्काल उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा पुर्‍याएको थियो । विषको असर शरीरमा फैलिएको कारण उनको मृत्यु भएको चिकित्सकहरू बताए ।