इटहरी : नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आदिवासी जनजातिलाई उत्तेजित बनाउने र निषेध गर्ने काम गर्न नहुने बताएका छन् ।
जनजातिको मौलिकता र पहिचानको पक्षमा काँग्रेस रहेको बताउँदै उनले उत्तेजनाको राजनीति बन्द गर्नुपर्ने बताए । 
नेपाल तामाङ सङ्घ कोशी प्रदेशको पहिलो अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा थापाले आदिवासी जनजातिको बलमा नेपाली काँग्रेस पार्टी बलियो भएको धारणा राखे ।
पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा, पहुँचको ग्यारेन्टी गरेर मात्र आदिवासीको माग सुनुवाइ हुने उनको भनाइ छ । 
संविधान संशोधनमा आदिवासी जनताजीको अधिकार कुण्ठित हुने हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले आदिवासी जनजातिको अधिकारलाई थप व्यवस्थित गर्नेगरि संविधान संशोधन हुने दाबी गरे ।
सङ्घीयतालाई थप बलियो बनाउन लाग्नुपर्ने बताएका महामन्त्री थापाले केन्द्रीय नेताहरूले बोल्ने बेलामा जिम्मेवारी बोध गर्नुपर्ने सुनाए । सङ्घीयताको अभ्यासको क्रममा केही कमजोर भए सच्चाउन सकिने उल्लेख गर्दै नागरिकमा विश्वास बढाउन जरुरी रहेको स्पष्ट पारे ।
congress-tamang