धरान : खेलकुद, सङ्गीत लगायतको क्षेत्रमा योगदान गर्दै आएका धरानका ६ जना युवाहरू सम्मानित भएका छन् । 
सम्मानित हुनेहरूमा बास्केटबल राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई, ग्रास रुट फुटबल प्रशिक्षक अमृत राई, गिटारिस्ट श्रीहाङ राई स्टिभ, उदीयमान गायक छिरिङ तामाङ, सिनेमेटोग्राफर अनिस थेबे र अर्सु श्रेष्ठलाई छन् ।
उनीहरूलाई धरान-९ स्थित ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी बिहीबार आयोजित स्टुडेन्ट इन्गेजमेन्ट टुर कार्यक्रमको अवसरमा सम्मान प्रदान गरेको हो । 
ब्रिजका निर्देशक निर्णय निरौलाले कन्सल्टेन्सीले पढ्न विदेशी जान इच्छुक प्लस टु, व्याचलरका विद्यार्थीहरूलाई परामर्श दिन स्टुडेन्ट इन्गेजमेन्ट टुर आयोजना गरिएको बताए । उनका अनुसार कार्यक्रममा २ सय विद्यार्थीको सहभागी थिए ।