पथरी : मोरङको कानेपोखरी-७ डाँस खोला पुल नजिकैको डाइभर्सनमा शनिवार राति मोटरसाइकल दुर्घटना हुँदा बेलबारी–४ का ३१ वर्षीय प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको छ ।

पथरीबाट कानेपोखरी जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा चौधरी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि मदन भण्डारी अस्पताल उर्लाबारीमा पुर्‍याएपछि उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनबिक्रम दाहालले बताएका छन् ।

दुर्घटनामा चौधरी पत्नी प्रहरी जवान विमला धिमाल चौधरी र दुई वर्षीय छोरी जेशन चौधरी घाइते भएका छन् । उनीहरूको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको बताइएको छ ।