धरान : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश सहित  मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही पूर्वी भू-भागमा मनसुनी वायु सक्रिय छ । साथै देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव पारेको छ ।
मङ्गलवार देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यस्तै, यी प्रदेशका उच्च-पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने विभागले जनाएको छ ।
लुम्बिनी प्रदेशका केही भागहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जनसहित वर्षा सम्भव रहेको जानकारी महाशाखाले दिएको छ।