धरान : नगर प्रमुख हर्क साम्पाङको समर्थक, सामाजिक अभियान्ता अन्यायको विरोधी शिव नाना (शिव बान्तवा)ले पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष जनक ऋषि राईसँग माफी मागेकी छन् । 
पूर्व अध्यक्ष राईको मानहानी हुने गरी फेसबुकमा स्ट्याटस लेखेको उक्त स्ट्याटस डिलिट गरी वान्तवाले ईलाका प्रहरी कार्यालय धरानमा मङ्गलवार माफी मागेकी हुन ।
उनले जेठ ३१ गते फेसबुकमा राईको मानहानी हुने गरी स्ट्याटस लेखेको थिइन । स्ट्याटस लेखेको पछि पूर्व अध्यक्ष राईले ईलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
न्यायको विरोधी शिवले अव देखी सामाजिक सञ्जालमा स्ट्याटस नलेख्ने सर्तमा राईहरूको तिन चुल्हो कसम खादै २ वटा कलशमा पानी र फुल राखेर माफी मागेकी पूर्व अध्यक्ष राईले बताए ।