इटहरी : नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसर इटहरी वडा नं १ स्थित   राष्ट्रिय माविले  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार भएको रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत सङ्कलन भएको छ  ।
कार्यक्रम संयोजक स्काउटर शिक्षक वन्दना दाहालले गरेको थिइन रक्तदान अभिभावक, शिक्षक, विद्यार्थी, स्काउटका सदस्यसँगै स्थानीय गाउँलेले रक्तदान गरेका थिए । 
रक्तदान कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट ट्रपको आयोजनामा भएको थियो । सो क्रममा स्काउटका कोशी प्रदेश आयुक्त हेमन्त भण्डारी, इटहरी उपमहानगरपालिका आयुक्त डाक्टर वेणुप्रसाद सिटौला, इटहरी उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष कैलाश कार्कीलगायतको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो ।