धरान: धरान रङ्गशालामा जारी प्रथम अन्तर क्लब मदन भण्डारी स्मृति कप महिला फुटबलको आइतवारको खेलमा धरान ४ फुटबल क्लबले प्रगति फुटबल क्लबले लाई  २–१ गोलले पराजित गरेको छ ।
यो जीत सँगै धरान ४ फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । निर्धारित ६० मिनेटको खेलमा पहिलो हाफको ७ औ मिनेटमा धरान ४ फुटबल क्लबकी  मनिषा मगरले पहिलो गोल गरिन् ।
प्रगति फुटबल क्लबकी ईन्द्र लिम्बुले पहिलो हाफको २२ औ मिनेटमा गोल गर्दे खेललाई बराबरीमा पुर्याईन् । दोस्रो हाफको १६ औ मिनेटमा धरान ४ फुटबल क्लबकै सृष्टि थप १ गोल गर्दे धरान ४ फुटबललाई सेमिफाइनल पुर्याईन   ।  
खेलको वुमन अफ द म्याच मनिषा मगर घोषित भइन् । उनले नगद २  हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिता सिटी फुटबल क्लबको आयोजना गरेको हो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा व्यक्तिगत विधा उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल किपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिड फिल्ड,उत्कृष्ट गोलकर्ता, उदयमान खेलाडीलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता अवधिभर हरेक दिन खेलको म्यान अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिने छ ।
उत्कृष्ट कोच तथा उत्कृष्ट टिमलाई पनि नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
manisha-magar-man-of-match