इटहरी : इटहरी उपमहानगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न बोलाएको नगर सभा साढे तीन घण्टा ढिला हुँदा समेत सुरु भएन ।
दिउँसो १ बजेको लागि बोलाइएको १६ औँ नगर सभा ४:३० सम्म सुरु हुन नसकेको हो ।जनप्रतिनिधि र कर्मचारीको उत्साहजनक उपस्थिति रहे पनि सभा स्थलबाट बिस्तारै बाहिरिन थालेका छन् ।
शिक्षा ऐनमा संशोधन गर्नुपर्ने विषयमा सहमति नभएपछि सभा सूचना हुन नसकेको जनप्रतिनिधिहरूले बताएका छन् ।
सम्पूर्ण विद्यालयको समान ड्रेस हुनुपर्ने प्रावधान संशोधनको लागि प्रस्ताव गरिएकोमा नेकपा एमालेका जनप्रतिनिधिले आपत्ति जनाएका हुन् ।
सङ्घीय शिक्षा नियमावलीसँग बाझिने ऐन पास गर्न नमिल्ने भन्दै उपमेयर सङ्गीत चौधरीले आपत्ति जनाएकी छन् । शिक्षा नियमावलीमा निजी तथा आवसिय विद्यालयले आफ्नो अनुकूल विद्यार्थीको ड्रेस निर्धारण गर्न पाउने प्रावधान छ ।