धरान: सामाजिक सञ्चालनमा ठाडो भाषामा आपत्तिजनक टिप्पणीहरू देखिए पनि धरानका आर्टिफिसियल पुस्ताका कविहरूको सिर्जनात्मक अभिव्यक्तिमा सशक्त विद्रोहको भने अभाव देखियो । मझौला पुस्ताका कवितामा सांस्कृतिक चेत, पहिचानको खोजीका अन्तर्मुखी विद्रोह प्रकट भएको देखिए ।
शब्द यात्राले मङ्गलवार साँझ पत्रकार÷कवि जनक ऋषि राईको ४५ औँ जन्मदिन मनाउन आयोजित रचना वाचन कार्यक्रमका कविताहरूमा उक्त प्रवृत्ति देखिएको हो ।
नयाँ पुस्ताकी सौर्यना मल्ल, बाँसुरी (पुष्पा विश्वकर्मा), आदेश सिंह ठकुरी, मझौला पुस्ताका कवि अमित थेबे भीम विरही र जनक ऋषि राईले कविता वाचन गरेका थिए ।
मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र अवसरको बेथितिले युवाहरू पलायनवादी बन्दै गइरहेका छन् ।
मनस्थितिमा देश, परिवारप्रति अगाध प्रेम भएता पनि विद्रोहमा उत्रिन सकिरहेका छैनन् ।
त्यसैको भावनात्मक अभिव्यक्ति नयाँ पुस्तका कवितामा प्रकट भएको बुझिन्थ्यो ।
कवि अमित र जनकका कवितामा लिम्बु र किरातका सांस्कृतिक पहिचानका मिथकको उनीहरूको धरोहरण भएको अभिव्यक्ति प्रकट भएका थिए । भावना विद्रोही पाइए पनि ‘आजै क्रान्ति गरिहाल्छौँ’ भन्ने  क्रान्तिकारीता प्रकट गरिएको पाइएन । 
पछिल्लो कालखण्डमा प्रगतिशील नेपाली कवितामा आएको परिवर्तनलाई उनीहरूका कविताले प्रतिनिधित्व गरेको भान हुन्थ्यो ।
भीम विरहीको कविता युद्धमा होमिएका लाहुरेको डायस्पोरा भावनाको परिवेश प्रतिबिम्बित थियो,जो अहिले औसत नेपाली युवाको जीवनकथा बनेको छ ।
कविता ध्यान दिएर श्रवण गर्नेहरूमा अग्रज कवि बम देवान, हर्ष सुब्बा, साहित्यका विश्लेषक राजेश विद्रोही थिए ।
पत्रकार महासङ्घका पूर्व अध्यक्ष केशव घिमिरे पत्रकारजन्य सङ्गठनका अगुवाहरू विकास राई चाम्लिङ, तीर्थ कार्की, स्वर्णिमहाङ फोम्वो लगायतले कविता सुने ।
पत्रकार महासङ्घका पूर्व अध्यक्ष समेत रहेका पहिचानका अभियन्ता जनक ऋषिको जन्मदिन साहित्यिक माहोलमा आयोजना हुनु धरानको साहित्यिक गतिविधिमा नयाँ प्रयोग हो । 
सामाजिक सञ्जालले निष्क्रिय बनाएको साहित्यिक जीवनलाई पुनर्जीवन दिन यस्ता सिर्जनात्मक गतिविधिमा कमैको ध्यान जाने गरेको छ ।
received_10062684727159443