धरान : धरान-२० मा निर्माणाधीन साँगुरी भञ्जाङ पदमार्ग निर्माणका लागि सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७९/०८० मा पर्यटन तथा साँस्कृति मन्त्री सुदन किराँतीले ४०लाख बजेट विनियोजन गरेको उपप्रमुख अईन्द्र विक्रम बेघाले बताएका छन् ।
सङ्घीय सरकारको लगानीमा निर्माणाधीन पदमार्गको श्रम संस्कृति पदमार्ग नामकरणले श्रमदानबाट बनेको भ्रम उत्पन्न हुनसक्ने भएकोले यथार्थ कुरा सार्वजनिक गर्न जरुरी भएको कपुरी न्युजलाई उनले बताएका हुन । 
पहिलो पटक ४० लाख रुपया लगानी गरेको सङ्घीय सरकारबाटै मन्त्री किराँतीले दोस्रो पटक आर्थिक वर्ष २०८०/०८१ मा पदमार्गका लागि ५० लाख बजेट विनियोजन गरेका थिए । मन्त्री किराँतीले पुन आर्थिक वर्ष ०८१/०८२ मा पुन: १८ लाख विनियोजन गरेको उनले स्पष्ट गरे । 
पदमार्ग २०८० असार ५ गते धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले उद्धघाटन गरेका थिए । उपप्रमुख बेघाका अनुसार पिता पुर्खाले ढाकरमा नुन बोकेर हिँडेको बाटोलाई जीवित राख्न मन्त्री किराँतीले पदमार्ग निर्माण गरेका हुन । 
उनले पैदल मार्गलाई जीवन्त राख्न र सहज बनाउन धरान देखि साँगुरी भज्याङ सम्म पुग्न पदमार्ग निर्माण सुरु गरेको बताए । योजना अनुसार ७ किलो मिटर दुरीको पदमार्ग हाल ३ किलोमिटर निर्माण भैसकेको छ ।   
उपप्रमुख बेघाका अनुसार पदमार्ग निर्माणमा मन्त्री किराँतीले हाल सम्म १ करोड ८ लाख बजेट विनियोजन गराएका छन् । उनले भने ‘त्यही बजेटबाट हाल सम्म ३ किलोमिटर दुरी पदमार्ग निर्माण भएको हो, यसमा भ्रम नहोस् ।’
तर नगरप्रमुख साम्पाङले आफ्नो पहलमा पदमार्ग निर्माण गरेको भनी भ्रम सिर्जना गरेको उपप्रमुख बेघाले आरोप बताए । उनले भने ‘पदमार्ग पूर्व मन्त्री सुदन किराँतीले निर्माण गर्न बजेट विनियोजन गरेका हुन ।’ तर मेयर साम्पाङले भ्रम सिर्जना गर्दै श्रमदानबाट निर्माण गरेको भन्दै अपवाह फैलाएका उनको आरोप छ । 
सङ्घीय सरकारले लगानी गरेको बजेटको कार्यमा नगर प्रमुखले श्रमदान भन्दै श्रमदातालाई डोर हाजिरी गर्न लगाएको उपप्रमुख बेघाले खुलासा गरे । उनले भने ‘सङ्घीय सरकार साझेदारी हिस्सा उपमहानगरपालिकाको १० प्रतिशत मात्र हो ।’
पदमार्ग वरिपरि मन्त्री किराँती सहित नेकपा माओवादी कार्यकर्ता र श्रमदाताले वृक्षारोपण गरेका उनले बताए । उनले भने ‘यस कुरामा दुई मत छैन । तर सङ्घीय सरकारका मन्त्रीले दिएको बजेटमा समेत अपनत्व लिएर हुन्छ ।’ पदमार्ग निर्माणमा उपमहानगरपालिकाको १ रुपैयाँ पनि रकम विनियोजन नभएको बेघाले बताए । 
उपप्रमुख बेघाले पहिलो पटक आएको बजेटबाट पदमार्ग निर्माण गर्दा उपभोक्ता समितिका अध्यक्ष राम लिम्बु थिए । तर लिम्बुलाई हटाउँदै नगरप्रमुखले दोस्रो बजेट विनियोजन भए देखि आफ्नै नजिकका  दत्त लिम्बुलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर निर्माण कार्य गरेको उनले बताए ।
दोस्रो बजेट विनियोजित रकममा इन्जिनियर र प्राविधिकले ६२ लाख ८ हजार ४४४ रकम स्टीमेट निकालेकोले उपमहानगरपालिकाले २० प्रतिशत जनसहभागिताबाट पदमार्ग निर्माण गर्ने भनी निर्णय गरेको हो । उनले भने ‘नगरपालिकाले जनसहभागिता स्वरूप ४८ हजार ५ सय बजेट विनियोजित गरेको थियो ।’ पदमार्गको ४ किलो मिटर बाटो बन्न बाँकी छ ।
padmarga