धरान : नेपालको शारीरिक सुगठनको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाएका राष्ट्रिय सम्मान प्राप्त स्वर्गीय राज भगत प्रधानाङ्गको स्मृतिमा धरानमा प्रथम प्रदेश ‘मिस्टर राज भगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।
धरान फिटनेस क्लबद्वारा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । क्लब प्रमुख प्रधानाङ्गका छोरा कुबेर भगत प्रधाङ्गनाले प्रतियोगिता असोज १० र ११ गते हुने जानकारी दिए ।
शारीरिक सुगठन प्रतियोगिता धरान १८ स्थित बिपी प्रतिष्ठानको द साहारा हलमा हुनेछ । प्रतियोगितामा कोशी प्रदेशका ६० देखि ७० जना बडीविल्डर प्रतिस्पर्धामा सहभागी हुनेछन् ।
प्रतियोगितामा ५५ केजी, ६०केजी, ६५ केजी, ७० केजी र ७५ केजी माथिको तौल समूहमा स्पर्धा हुनेछ ।
पहिलो दिन प्रिजजिङ राउन्ड हुनेछ । उक्त राउन्डबाट प्रत्येक तौल समूहमा ५ वा ६ जना खेलाडी छनौट हुनेछन् ।
दोस्रो दिन हुने स्पर्धाबाट प्रत्येक तौल समूहमा पहिलो हुने खेलाडीले उपाधिको लागि हुने मुख्य स्पर्धा ओभरअल राउन्डमा भिड्ने अवसर पाउनेछन् ।
प्रतियोगिताको पहिलो दिन प्रिजजिङ राउन्ड हुनेछ । उक्त राउन्डबाट प्रत्येक तौल समूहमा ५ वा ६ जना खेलाडी छनौट हुनेछ ।
दोस्रो दिन हुने स्पर्धाबाट प्रत्येक तौल समूहमा पहिलो हुने खेलाडीले उपाधिको लागि हुने मुख्य प्रतिस्पर्धामा ओभरअल राउन्डमा भिड्ने अवसर पाउने छ ।
नेपालमा पहिलो पटक वडीविल्डीङ प्रतियोगिता स्वर्गीय राज भगत प्रधानाङ्गले धरानमा सुरु गरेका थिए ।
उनले २०२७ सालमा धरानमा बडिबिल्डिङ गर्ने व्यक्ति थिए । २०३२ सालमा पहिलो जिम खाना खोलेका थिए । प्रधानाङ्ग नेपालमा शारीरिक सुगठन प्रतियोगिता विकास र व्यवसायीकरण गर्ने पहिलो व्यक्तिको रूपमा चिनिन्छ ।
स्वर्गीय प्रधानाङ्गको पेसालाई छोरा कुबेर भगत प्रधानाङ्गले निरन्तरता दिँदै आएका हुन ।
पिताले सुरु गरेको बढी बिल्डिङलाई व्यवसायीक रूपमा विस्तार गर्दै आएका एक मात्र छोरा कुवेरले बुवाको स्मृतिमा प्रदेश शारीरिक सुगठन प्रतियोगितालाई संस्थागत रूपमा २/२ वर्षमा निरन्तरता दिने बताएका छन् ।