धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आसन्न चुनावमा अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठले आज मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्यानल घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा उम्मेदवार शिवराजले सङ्घमा ३ बर्षे कार्यकाल पुरा हुँदा सम्म कस्लाई अध्यक्ष बनाउने भन्ने योजना बनाई सकेको हुन्छ त्यस्तो प्रथा तोडिनु पर्ने बताउँदै भने ‘सङ्घको त्यस्तो सिन्डिकेट प्रथा तोड्नुलाई उम्मेदवारी दिएको हुँ ।’
उनका अनुसार अहिले सङ्घका एउटै व्यक्ति पटक पटक सदस्य बनिरहेको स्थिति रहेका बताउँदै भने ‘कसैले बनाई दिएको अध्यक्ष हुने होइन, कसैले बनाई दिएको अध्यक्षले उसकै लागि मात्र काम गर्दछ ।’ व्यापारीले बनाएको अध्यक्षले व्यापारीको लागि काम गर्ने भएकोले व्यापारीको काम गर्न सिन्डिकेट तोडिन्नु पर्ने उनको भनाई थियो । 
आफ्नो प्यानलमा नयाँ व्यक्तिलाई लिएर हिँडेको बताउँदै उनले अध्यक्ष भएपछि टिमको निर्णय चल्ने एक्लो निर्णय नचल्ने बताए ।
उनले भने ‘शिवराज टिमले कुनै पनि हाकिमको गुलामी गर्दैन, शिवराजको टिमले कुनै पनि हाकिम स्वागत गर्न र बिदाइ गर्न जाँदैन ।’ 
व्यापारीहरूको सहयोग र समर्थन सहितको विश्वासको मत पाए आफ्नो प्यानलले नै जित्ने उद्धघोष गर्दै उनले प्यानल घोषणा गरे । 
उनको प्यानलमा वाणिज्य तर्फ अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाई, सीताराम आचार्य, महिला तर्फ ममता शाक्य रहेका छन् ।
उद्योग तर्फ उमेश अग्रवाल, खड्ग बस्नेत राजु, शिवानन्द साह छन् ।
एसोसिएट तर्फ राजु साह, राजेश अग्रवाल छन् ।