धरान : सांस्कृतिक अधिकार संरक्षण समितिले १९ औँ स्थापना दिवस मनाएको छ ।
स्वस्तिका चोकमा भएको कार्यक्रममा सहभागीहरूले पाथीभरा/मुक्कुमलुङ क्षेत्रमा केबुलकारका लागि गुराँसको जङ्गल विनाश गरेर आदिवासीको सांस्कृतिक अधिकारमा अतिक्रमण गरेको बताए ।
आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष जिमी, महिला महासङ्घकी सचिव रिता खापुङ, समितिका अध्यक्ष सुवास हुक्पाचोङवाङले राज्यले आदिवासीको सांस्कृतिक अधिकार संरक्षण गर्नु पर्ने बताए ।
सोही अवसरमा पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष जनक ऋषि राईलाई १० हजार रुपैया सहित सम्मान गरिएको थियो ।
