धरान : सप्तकोशीबाट धरान खानेपानी ल्याउन ६ अर्ब अनुदानको परियोजनालाई धरानका नगर प्रमुख हर्क साम्पाङले विदेशी ऋण भनेर ठुलो भ्रम फैलाउन खोजेको धरान-११ विष्णु चौककी खानेपानी उपभोक्ता पञ्चकला राईले बताएकी छन् ।
उनका समर्थकहरू सबै मूर्ख नभएको बताउँदै उनले भनिन् ‘हिउँदमा धारामा पानी नआउने बर्खामा कोकाह र सर्दु खोलाको पानी घर घरको धारामा लेदो मात्र आउँछ, पानीमा कोलीफर्म जीवाणु भेटिएको छ, पानीको निर्मलीकरण गरिएको छैन ।’
यस्तो अवस्थामा कोशीको पानी धरान ल्याउने सरकारले दिएको ६ अर्ब अनुदानको परियोजना विदेशी ऋण नलिने भनेर नगर प्रमुख हर्क साम्पाङले भ्रामक हल्ला गरेर धरानवासीको लागि आएको योजनामा खेलबाड गरिरहेको उनले बताएकी हुन ।
उनले भनिन् ‘हावामा पाईप बोकेको देखाको छ, यताबाट उताबाट पानी आयो भन्यो युट्युब र फेसबुकमा देखायो कराडौ रकम सङ्कलन गर्यो, अनि रकम झवाम पार्ने बाहेक धरानमा केही विकास नभएकोले विदेशमा बसेका धरानेहरु पैसा नपठाउनु ।’
सञ्चारकर्मीहरूसँग आइतबार कुराकानी गर्दै राईले भनिन् ‘अङ्ग्रेजी मास्टर भएर हो कि क्या हो अनुदान र ऋण नबुझेको ? नेपाली शब्द अनुदानलाई ऋण होइन मेयर साव अङ्ग्रेजीमा अनुदानलाई ‘ग्रान्ट’ भन्छ, ऋणलाई ‘लोन’ भन्छ ।’
उनले भनिन् ‘भन्दै मेलै बुझेको ८५ प्रतिशत सरकारले व्यहोर्ने र १५ प्रतिशत स्थानीयले व्यहोर्ने हो समन्वय र सहकार्य भयो भने प्रदेश सरकारले पनि त्यो १५ प्रतिशतमा आर्थिक सहयोग गर्न सक्छ ।’ अनुदान फर्काउने कुरा धराने जनताले कदापि मान्ने छैन ।
उनले प्रमुख साम्पाङसंग प्रश्न गरेकी छन् ‘तपाई नै होईन विगत ४ वर्ष देखी खानेपानीको आन्दोलन गर्ने अनि रित्तो गाग्री बोकेर सिंहदरबार जाने ? तपाई कै अभियान होईन कोशीबाट पानी ल्याउने भनी मन्त्री थर्काउने ? अनि अहिले अनुदान आउँदा चैँ ऋण नलिने भन्दै जनतालाई भ्रम सिर्जना गर्ने कुन नैतिकता छ तपाई सँग ?’
पञ्चकला राईले आशङ्का जनाउँदै भनिन् ‘कि अनुदान लियो भने विदेशका धरानेबाट पैसा आउन बन्द भई आफू खुसी गर्न पाँउदीन भन्ने हो ?अव धराने जनता सचेत भै सके होईन कति दिन भ्रम छर्ने हो, फेसबुक, युटुवे र आसेपासे पालेर ?’
विदेशबाट पठाएको पैसा सदुपयोग भएन :
हङकङ,युकेमा रहेका धरानेले खानेपानीको लागि भनेर पठाएको पैसा सदुपयोग नभएको उनले बताइन् । धारामा लेदो पानी मात्र विकास भएको छ । हरेका दिन धाराबाट धमिलो पानी मात्र आउँछ । पानीमा कोलीफर्म जीवाणु भेटिएको छ ।
भनिन् ‘खानेपानीको लागि भन्दै कराडौं रकम सहयोग आएको रकम सदुपयोग भएको छैन ।’
उनका अनुसार नगरप्रमुख साम्पाङ लाई सुन्दर फुल भनेर पहिला युके बासी आफन्तहरूबाट लाखौँ कराडौ सहयोग जुटाएको थिए । दलहरूका नेताले साम्पाङ लोकतन्त्रका सुन्दर फुल हुन भनेर प्रशंसा गरेका थिए ।
तर उनी सुन्दर फुल होईन रहेछन् । साम्पाङ त कहिले नमर्ने झार हुन्छ नि तेस्तै झारपात पो रहेछन् उनले भनिन‘ सुन्दर पुल भन्दा भन्दै झाडी पो रहेछन् ।
आर्थिक अनियमितता गरेका छन्
बिदेश तथा स्वदेशबाट आएको कराडौ रकमलाई खोलामा आएको पैसा खोला मै गयो तेरो बाउको के गयो भन्नेले आर्थिक अनियमितता गरेन भन्न सकिन्न ।
आर्थिक अनियमितता भएको छैन भने बाहिरबाट आएको करोडौँ रकमको बैङ्किङ कारोबार अडिट सहितको हिसाब किताब किन सार्वजनिक गरिँदैन ?
उनले भनिन् ‘हिसाब फेसबुकमा सार्वजनिक गरेर हुँदैन आधिकारिक रूपमा अडिट हुनुपर्दछ, जुन अडिट अहिले सम्म भएको छैन, हावामा फेसबुकमा घर खर्च गरेर सार्वजनिक गरे जस्तो मात्र भएको छ ।’
अन्धभक्तहरूले फेसबुकमा आमाचकारी गाली गरे
राईले भनिन ‘मेयरले पैसा दिएर राखेका युटेवेहरुले धरान विकास भयो भनेर प्रचार गरेका कारण उनका समर्थकहरूले आमाचाकारी गाली गरे ।’
हामीलाई झोले भन्नेहरूलाई म त अन्धभक्त विप्र केसे, सुटकेसे समर्थकहरू हो तिमीहरूको आमा बुवा छोरा छोरी छैनन् कि क्या हो ? आमाचाकारी, छाडा, अपशब्द गाली होईन कमेन्ट गर्दा सभ्य भाषामा कमेन्ट गर्नुस् ।
उनको भनाई छ त्यो कमेन्टले केही सुधार होस । केही गल्ती नै भएको हो भने गल्ती सच्याउने खालको गर्नुस् सभ्य भएर । उनले भनिन् ‘धरान बाहिरकाले धरानमा उधुमै विकास भयो भन्ने सोचेर गाली गरेका हुन नबुझेर, जस्तालाई तेस्तै जवाफ अव फर्काउन सक्नु पर्दछ । म तयार छु जवाफ दिन अव सहेर बस्दिन ।’
वडाअध्यक्षहरु र दलहरूलाई सुझाव
पञ्चकलाले धरानका २० वटै वडा अध्यक्ष सदस्यहरू र कार्यपालिकाका सदस्यहरू लगायत राजनैतिक दलहरूले वडा वडामा गएर जनतालाई खानेपानीको लागि आएको ६ अर्ब बजेट ऋण होईन, अनुदान हो भनेर बुझाउन जरुरी भएको बताइन् ।
भनिन् ‘वडाअध्यक्षहरु अन्धभक्तहरूको गालीको डरले ३ वर्ष नबोलेका हुन अव साम्पाङको भ्रम विरुद्ध बोल्न जरुरी छ ।’ वडाअध्यक्षहरु केही बजेट पाउने आशामा साम्पाङको पुच्छर भएर लागेकोले पनि साम्पाङको भ्रामक कुराको विरोधमा कोही नबोलेको आरोप लगाइन् ।
उनले भनिन् ‘दलहरूको कमजोरी भएको छ, दलहरूले पनि आफ्नो मान्छे भर्ती गरे तर साम्पाङले जस्तो गरेका भने छैनन् ।’दल वालहरू पनि पहिला श्रमदानको लहै लहैमा लागेकै थिए । पहिला श्रमदान नभएको होईन तर साम्पाङले पहिलो पटक श्रमदान गरेका होइनन् भनेर कसैले भन्न सकेनन् । म २०४० सालमा धरानमा जन्मेर धरानमै हुर्के मान्छे हुँ, सर्दु सेउतीको बगरमा श्रमदान गरेरै कयौँ बस्ती बचाएको बताउँदै उनले भनिन् ‘पहिला स्मार्ट फोन र सामाजिक सञ्जाल टिकटक फेसबुक नभएका कारण नदेखिएको हो ।’
तर त्यति बेला श्रमदानको नाममा भ्रमदान कहिले सिर्जना हुँदै थियो, अहिलेको मेयर जस्तो, अहिले श्रमदान भएको छैन भ्रमदान मात्र भएको छ, यस्तोलाई श्रमदान भनिनदैन् ।
पञ्चकलाले हिजोअस्ती धरान आएकालाई धरानेको इतिहास थाहा नभएको बताउँदै भनिन् ‘हिजोअस्ती धरान आएका मान्छे नगर प्रमुख भएका कारण धरान पछि पर्दै गएको छ ।’