धरान : चलचित्र माइतीघर यही असोज १३ गते अर्थात् दशैको फूलपातीको दिनबाट प्रदर्शन मिति गरेको छ । चलचित्र माइतीघरले प्रदर्शन अगावै एकपछि अर्को रेकर्ड बनाउँदै आएको छ ।
चलचित्रमा छनोट गरिएको जम्बो स्टार सँगै, छायाङ्कनको समयमा चारित्रिक पोस्टर सार्वजनिक, गीत सङ्गीतले चर्चा बटुल्दै आएको चलचित्र माइतीघरको पहिलो लुक्स पोस्टर सार्वजनिक भएको छ।
चलचित्रको अफिसियल पोष्टर सार्वजनिक भएपछि अव टिजर, ट्रेलर तथा गीतहरूको पर्खाइ बढेको छ । मिलन तामाङ निर्देशित र रोहित अधिकारी निर्मित बहु प्रतीक्षित यो चलचित्र ‘माइतीघर’तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धलाई समेत केन्द्रमा राखेर निर्माण गरिएको फस्टलुक पोस्टर सार्वजनिक गर्दे पोस्टरले पात्रहरूको गेट अप, लुक्स र मुडलाई दर्साएको छ ।
चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत,उपासना सिंह ठकुरी,श्याम श्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङ्देल मुख्य भूमिकामा रहेको छ ।
सुसन प्रजापतिको छायाङ्कनमा निर्माण भइरहेको ‘माइतीघर’मा रोहित अधिकारी, रविन शेरचन र धिरज तामाङको लगानी छ भने ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माता छन् ।
रोहित अधिकारी फिल्मसङको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा रविन शेरचन र धिरज तामाङको पनि लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।
निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’लाई दर्शकले रुचाएका थिए । अस्ट्रेलियाको हिमारो इन्टरटेन्मेन्टका लागि प्रेम राज धामी र प्रकाश गैरेले खरिद गरेको यो अधिकारसँगै फिल्मको लगानीको ठुलो हिस्सा सुरक्षित भएको निर्माण टिमले जनाएको छ ।
पोस्टर नआउँदै गरिएको यस्तो ठुलो डिलले फिल्मप्रति वितरकको भरोसा र बजारको उत्सुकता झल्काउँछ । निर्माता अधिकारीका अनुसार, अन्य देशहरूमा पनि चलचित्रको बिक्री प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ ।