धरान : प्रहरीले सुनसरीको कोशी गाउँपालिका-८ बाट सप्तरी हनुमान कंकालिनी-१ का २५ वर्षीय राजेश चमार रजक र  हनुमान कंकालिनी-२ का २५ वर्षीय राजेशकुमार रजकलाई सोमवार राती नक्कली नेपाली नोट सहित पक्राउ गरेको छ ।
उनीहरूबाट नेपाली १ हजार रुपैयाँको ३८ वटा नक्कली नोट बरामद गरिएको हो । लु ९२ प २३८० नम्बरको मोटरसाइकल इलाका प्रहरी कार्यालय भाण्टाबारीको प्रहरी टोलीले चेकजाँच गर्दा पछाडि बसेका राजेश चमारको साथबाट नक्कली फेला परेको हो ।
नक्कली नोट फेला परेपछि मोटरसाइकल चालक राजेश रजक समेतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।