धरान : प्रहरीले भारत अररीया जोगबनीका ३९ अहमद अलि, ५१ वर्षीय मोहम्मद सराजुल र ३५ बर्सिया रुबी खातुनलाई बुधवार साँझ विराटनगर-१३ बाट ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार शङ्कास्पद गतिविधि गरिरहेका उनीहरू माथी शङ्कालागि इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा १ सय ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । 
यसै गरी सुनसरीको खनार प्रहरी चौकीको टोलीले-११ बाट सुन्दरहरैचा-७ का २४ वर्षीय सलमान मन्सुरी, इटहरी-११ का १८ वर्षीय करण राई, इटहरी-१४ का २२ वर्षीय कोरुजित सरदार, सिराहाका २४ वर्षीय होम मुखियालाई लागु औषध ट्रामाडोल १ हजार २६० क्याप्सुल र डीकोलिक ५१० क्याप्सुल सहित पक्राउ गरेको छ ।  
उता झापाको मेची पुल प्रहरी बिटको टोलीले भद्रपुर-९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । 
यसै गरी इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले बिहार किसनगंजका १९ वर्षीय मोहम्मद जमिरुल समेत ३ जनालाई ३ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी झापाको कन्काई-३ का २६ वर्षीय सुभाष बर्देवालाई लागूऔषध विन्सपास्म्ड फोर्ट ४२ ट्याब्लेट सहित पक्राउ गरिएको छ ।