वराहक्षेत्र : शुक्रवार अपराह्नको समयमा वराहक्षेत्र मन्दिर दर्शन गरेर फर्कने क्रममा चतरा-वराहक्षेत्र मन्दिर सडक खण्ड अन्तर्गत वराहक्षेत्र १ स्थित बाहुनी भिर नजिकै मोटरसाइकलमा सवार सप्तरी घर भएका ३१ वर्षीय जीवन कुमार साहको भिरबाट खस्केको ढुङ्गाले लाग्दा घटनास्थलमै  मृत्यु भएको छ ।

मृतक साहको शवलाई नगरपालिकाको शव बाहनबाट धरान स्थित बिपी कोरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमकालागि लगिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । मोटरसाइकलमा मृतक साह सहित दुई जना सवार रहेका थिए ।

वराहक्षेत्र नगरपालिकामा वडा नं.१ मै बिहान बाहुनी खोलाले बगाउँदा मोटरसाइकलमा सवार बुबा घाइते  भएका छन् भने छोरी बगाएर लाई बेपता बनाएको छ । शुक्रवार बिहान वराहक्षेत्र मन्दिर दर्शन गरेर फर्कने क्रममा चतरा-कोश पुल सडक खण्ड अन्तर्गत वराहक्षेत्र नगरपालिका वडा नं.१ चतराधाट स्थित दुधपानी खोलामा मोटर साइकलमा सवार बुबा-छोरीलाई बगाएको थियो ।

मोटरसाइकलमा सवार धरान घर भएका ४३ वर्षीय जीवन राई बुबालाई उद्गार गरी धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि पठाइएको र छोरी १९ वर्षीय अनिता राई बेपता भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । बेपत्ता छोरी अनिता र मोटरसाइकलको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीद्वारा खोज कार्य भइराखेको छ ।

Baraha accident 2