धरान : याक्थुङ युवा मञ्च केन्द्रीय समितिका अध्यक्ष राजेन्द्र इधिङगोको उपस्थितिमा आज शनिवार भएको प्रथम जिल्ला अधिवेशनले विष्णु तिगेलाको अध्यक्षतामा ३९ सदस्यीय सुनसरी जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिमा उपाध्यक्ष द्वय टीका चेम्जोङ र टाइमिङ लिम्बु रहेका छन् । सचिव गङ्गा योङहाङ, सहसचिव कुशान थेबे, कोषाध्यक्ष टोम लिम्बु रहेका छन् । सदस्यहरूमा प्रमोद आङबुहाङ, डम्बर मादेन, रोहित लिम्बु, नाम्साङ लिम्बु, हुसेन लिम्बु, रविन लिम्बु, राजेश मेन्याङबो, साइसङ लिम्बु, अनुप लिम्बु, सुनिल लिम्बु, विनायक लिम्बु, ताङसाङ लिम्बु, रोमन केदेम, रिता हुक्पाचोङबाङ, मन्दिरा तुम्सा, झरना काम्बयु, ममता लिङदेन रहेका छन् ।
यस्तो सदस्यहरूमा आयुष साम्य, रोशन योङहाङ, विमल बोखिम, रेशु याक्खा, डेभिड चेम्जोङ, साइसा हुक्पाचोङबाङ, रोशेहाङ चोङबाङ, किरण केदेम, अनुप लिम्बु, मिलन पालुङवा, सुरेन लिम्बु, अनुज लिम्बु रहेका छन् ।
२०७३ सालमा दर्ता भई मञ्चले लिम्बु समुदायका युवाहरूको शारीरिक तथा मानसिक विकासमा केन्द्रित रही अवसर, रोजगार तथा भाषा, लिपि, धर्म, साहित्य, कला, संस्कृतिको क्षेत्रमा खोज अनुसन्धानमा प्रोत्साहित गर्ने गतिविधि गर्दै आएको छ ।
अधिवेशनमा प्रमुख अतिथि रहेका केन्द्रीय अध्यक्ष इधिङगोले भने ‘पछिल्लो समय याक्थुङ/लिम्बु समुदायका भाषिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बचाउन युवाको नेतृत्व अघि आउन जरुरी भएको छ ।’
संविधानले दिएको मौलिक हक, जातीय, भाषिक, सांस्कृतिक समानताको अधिकारका लागि युवाहरू संगठिन हुन आवश्यक भएको उनले बताए ।किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाले बहु जाति, बहुभाष्ति र संस्कृति नेपाली समाजमा विविध हिजो पनि आआफ्नै पहिचान भएको बताए ।
उनले भने ‘तर लोकतन्त्रबाट गणतन्त्र सम्म आइपुग्दा सम्म सबै भन्दा बढी याक्थुङ/लिम्बु जातिको भाषा, संस्कृतिकस्थलहरु र इतिहास नामेट गरी पहिचान मेटाउने कार्य राज्यले गरेको छ ।’अधिवेशनमा नवनिर्वाचित समितिलाई चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बा, सल्लाहकार हर्ष सुब्बा, प्रदेश सदस्य दिलु लिम्बु, निवर्तमान चुम्लुङ अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले शुभकामना प्रकट गरे ।
निर्वाचन प्रक्रिया अधिवक्ता सरगम सागर चेम्जोङले सञ्चालन गरेको अधिवेशन जिल्ला संयोजक सन्जोग मादेनको अध्यक्षतामा भएको थियो ।