वराहक्षेत्र : नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला सङ्घ वराहक्षेत्र नगर समितिले तिज विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा नेपाली काँग्रेस वराहक्षेत्र नगर कार्यसमितिसङको समन्वयमा सोमवार नगर स्तरीय तिज विशेष कार्यक्रम आयोजना गरेको हो । 
चक्रघट्टि स्थित लक्ष्मी नारायण मन्दिरमा आयोजना भएको तिज विशेष कार्यक्रममा नेपाली काँग्रेस वराहक्षेत्र नगर कार्य समितिका सभापति तथा नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा समाजमा उदारणिय तथा नेतृत्वदाहि काम गर्ने विभिन्न क्षेत्रमा १५ जना महिलाहरूलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना भएको गरिएको थियो । सामूहिक तथा एकल नृत्य प्रतियोगिता समेत आयोजना गरी पुस्तकार समेत वितरण गरिएको कार्यक्रम संयोजक नेपाल महिला सङ्घकी पूर्व केन्द्रीय सदस्य तथा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि अनु गरुङ्गले जानकारी दिइन् । कार्यक्रममा नेपालीहरूको मौलिक सङ्गिनी नृत्य , थारु नित्य समेत प्रस्तुत गरिएको थियो ।
महिला सङ्घ वराहक्षेत्र नगर कार्य समितिका सभापति छबिना मगरको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालक महिला नेतृ मञ्जु आचार्यले गरेकी थिइन् । 
कार्यक्रममा नेपाली काँग्रेसमा महासमिती सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला, क्षेत्र , नगर  स्तरीय नेताहरू , वडा सभापतिहरू, वडा अध्यक्षहरू , महिला सङ्घका नेतृहरू लगायत वडा नं १ देखि ११ वडाकै महिलाहरूको उल्लेख्य रूपमा सहभागिता रहेको महिला सङ्घ वराहक्षेत्र नगर कार्य समितिका सभापति छबिना मगरले जानकारी दिइन् ।