वराहक्षेत्र : नेपाली काँग्रेस सुनसरी निर्वाचन क्षेत्र नं १ को आयोजनामा वराहक्षेत्र नगरपालिकाको कालानञ्जरमा तिज तथा जितिया विशेष कार्यक्रम आयोजना भएको छ ।
समुदायमा आधारित तिज विशेष कार्यक्रम आयोजना गर्ने क्षेत्रीय कार्य समितिको योजना अनुसार वराहक्षेत्र नगरपालिका वडा नं ३,४ र ५  कार्य समितिको स्थानीय व्यवस्थापन,वराहक्षेत्र नगर समिति र नेपाली काँग्रेस सुनसरी क्षेत्र १ प्रदेश सभा २ को संयोजन तथा सहकार्यमा तिज विशेष कार्यक्रम आयोजना भएको हो ।
महिलाहरूको महान् पर्व हरितालिका तिज तथा जितिया पर्वलाई समुदाय सम्म पुगेर कार्यकर्ता बिच रमाइलो गरी सङ्गठनात्मक सुदृढीकरण गर्ने उक्त तिज कार्यक्रमलाई अवसरको रूपमा सदुपयोग गरिएको नेपाली काँग्रेस सुनसरी निर्वाचन क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।
शुक्रवार वराहक्षेत्र नगरपालिका वडा नं ५ कालाबञ्जर स्थित डम्बर ध्वज  स्मृति सभा हलमा आयोजना भएको तिज विशेष कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी सङ्घका पूर्व सभापति गुरुराज घिमिरे प्रमुख अतिथ्यता रहेको थियो ।
नेपाली काँग्रेस सुनसरी निर्वाचन क्षेत्र नं १ सुजेन्द्र तामाङको  सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मन्तव्य वडा नं ५ का सभापति दिल बहादुर पौडेलले गरेका थिए ।  कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस सुनसरी निर्वाचन क्षेत्र नं १  सचिव केशव पुरीले गरेका थिए । 
कार्यक्रममा नेपाली काँग्रेसका कोशी प्रदेशका महामन्त्री उमेश थापा,नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारी ,काँग्रेस महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू,जिल्ला, क्षेत्र,नगर स्तरीय नेताहरू,वडा सभापतिहरू,वडा अध्यक्षहरू,महिला सङ्घका नेतृहरू लगायत वडा नं १ देखि ११ वडाकै महिलाहरूको उल्लेख्य रूपमा सहभागिता रहेको थियो ।
कार्यक्रममा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । नृत्य प्रतियोगिता समेत आयोजना गरी पुस्तकार समेत वितरण गरिएको कार्यक्रममा नेपालीहरूको मौलिक सङ्गिनी नृत्य ,पञ्जे बाजा थारु नृत्य समेत प्रस्तुत गरिएको थियो ।
teej