धरान : मदन पुरस्कार गुठिले २०८१ सालको मदन पुरस्कार नेपाल बाहिर कालिम्पोङ (दार्जिलिङ)का लेखक छुदेन काविमोद्धारा लिखित पुस्तक ‘उरमाल’ प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीको भदौ ६ गते बसेको साधारण सभाले उक्त निर्णय गरेको मदन पुरस्कार गुठीद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सोही सभाले विगत पाँच दशकदेखि लोक संस्कृतिको क्षेत्रमा सक्रिय प्रेमदेव गिरीलाई ‘लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान गरे बापत’ २०८१ सालको जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा छ ।

मदन पुरस्कारका लागि गुठीमा कुल २९९ वटा पुस्तकहरू प्राप्त भएका मध्ये ७ वटा पुस्तक पुरस्कारका लागि ‘मदन पुरस्कार श्रेष्ठ सूची’मा परेका थिए ।

सूचीमा परेका पुस्तकहरूमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छाल बाटो: कैलाशदेखि गङ्गासम्म, कुमारी लामाको दज्र्य संलाप, मनप्रसाद सुब्बाको पञ्चतन्त्रको पालाम, श्रेयज सुवेदीको बहुरूपी, सुधीर शर्माको भिक्षु, व्यापार विद्रोह: नेपालको भोत चीन सम्बन्ध र भारत, तीर्थ गुरुङको हिउँदको गीत रहेको जनाइएको छ ।