धरान: धरानका १५ वटा विद्यालयका ३५ जना छात्रछात्रालाई उनीहरू भित्र लुकेका प्रतिभा प्रस्फुटन गराउँन सञ्चालित २ हप्ते प्रशिक्षण शिविर ‘गरिमा समर क्याम्प २०८२’ शनिवार सम्पन्न भएको छ ।

शिविरमा स्कुले बालबालिकाहरूले नृत्य, क्याटवाक र र्याम्पवाक, वाककला लगायतको प्रशिक्षण लिएका हुन । उनीहरूले समापनको अवसरमा आआफ्ना प्रतिभा प्रस्तुत गरे ।

प्रमुख अतिथि एन प्याव्सन धरानका अध्यक्ष भगत लिम्बुले विद्यालयको शिक्षा ग्रहण सँगसँगै विद्यार्थीहरूले आफ्नो प्रतिभालाई पनि अगाडी बढाउन जरुरी रहेको बताए । प्रतिभालाई निखार्दै अब्बल बन्न सके प्रतिभालाई पेशा समेत बनाउन सक्ने उनको भनाई थियो ।

गरिमा डान्स सेन्टरद्वारा आयोजित कार्यक्रममा धरान–१४ की वडा सदस्य झरना मुखिया पौडेल, व्यवसायी टङ्ककुमारी गुरुङ, कलाकार अमित गुरुङ र सुनाखरीका प्रिन्सिपल मिलन राईले प्रमाणपत्र प्रदान गरे । प्रशिक्षण सेन्टरले सञ्चालन गरेको हो ।

गर्मीको बिदामा सदुपयोग गर्दै बालबालिकालाई डान्स, क्याटवाक, र्याम्पवाक,पब्लिक स्पीकिङे प्रशिक्षण र भ्रमण, स्विमिङमा संलग्न गराइएको थियो । २ समूहमा २/२ हप्ता प्रशिक्षण सञ्चालन गरिएको गरिमाकी सञ्चालक, प्रशिक्षक सज्नु राई सुमित्राले बताइन् ।

शिविरमा नृत्यहरू नृत्य निर्देशक विनीता राई, पावल राई, क्याटवाक/ र्याम्पवाक हिमाल विश्वकर्मा र वाककला तालिम सज्नु राई सुमित्राले दिएकी हुन ।

गरिमा डान्स सेन्टरका प्रबन्ध निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा भएको समापन समारोह धरान–१५ सदन सभा भवनमा भएको हो ।

garima-rampwaork 1