धरान : नेपाली काँग्रेसले धरानले महिलाहरूको महान् पर्व हरितालिका तिजमा महिलाहरूको समूह नृत्य प्रतियोगिता सहित सम्मान कार्यक्रम समेत गरेको छ ।

काँग्रेस उपमहानगर समितिद्वारा आईतबार गीता भवनमा आयोजित तिज शुभकामना कार्यक्रममा सहभागी महिलाहरूको तिज गीतमा समूह नृत्य प्रतियोगिता भएको हो ।

प्रतियोगितामा प्रथम स्थान नेपाली काँग्रेस धरान–१४ नं वडा समितिले हासिल ग¥यो । काँग्रेस धरान–६ दोस्रो स्थानमा रह्यो । धरान वडा १२ ले तेस्रो भएको थियो ।

विजयी समूहहरूलाई प्रथम पुरस्कार नगद ४ हजार, दोस्रो पुरस्कार ३ हजार र तेस्रो पुरस्कार २ हजार नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम थिइन् । उनले महिलाहरूमा राज्यका हरेक क्षेत्रमा प्रतिनिधित्व गर्न सक्ने क्षमता भएकोले अब ३३ प्रतिशत आरक्षणले मात्र नपुग्ने बताउँदै ५० प्रतिशत पुर्‍याउनुपर्ने माग गरिन् ।

नेपाली काँग्रेस धरान उपमहानगर सभापति श्याम पोख्रेलको अध्यक्षतामा भएको तिज कार्यक्रममा काँग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, विनोद राई लगायत काँग्रेसका महिला नेतृहरू सहभागी थिए । कार्यक्रम संयोजक सहसचिव शिला बज्राचार्यले स्वागत भाषण गरेकी थिइन् ।

congresh-teej1