धरान: क्यान्सरको उपचार गराई रहेका पाँचथरका अग्रज पत्रकार कवीन्द्र शेर्माको उपचारका लागि थप आर्थिक सहयोग जुटको छ ।
लिम्बु पत्रकार सङ्घ सुनसरी जिल्लाको बिहीबार बसेको बैठकमा थप १९ हजार रुपया सहयोग जुटेको हो । बैठकमा सङ्घमा सङ्कलित ४ हजार, सल्लाहकार प्रेमप्रकाश हुक्पाचोङ्बाङबाट १० हजार, सुवर्ण नेम्वाङबाट ५ हजार सहयोग कोषकी केन्द्रीय संयोजक निलिफा सुब्बालाई हस्तान्तरण गरियो ।

सङ्घले यसअघि २६ हजार रुपया प्रदान गरेको थियो । संयोजक निलिफाले अहिले सम्म कोषमा सङ्कलित रकम १ लाख नाघेको बताएकी छन् । पत्रकार शेर्माको घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत भैरहेको छ ।
बैठकमा सङ्घको कार्यालय प्रयोजनका लागि धरान–१३ का समृत लिम्बुले १ थान तोसिबा ल्यापटप प्रदान गरेका छन् । मुक्कुमलुङ÷पाथीभरामा हुने वृक्षारोपण कार्यक्रममा सुनसरीबाट समाचार सङ्कलन गर्न जाने सङ्घको छुट्टै सञ्चारकर्मी टोलीका लागि ३० हजार रुपया सङ्कलन भएको छ ।
बैठकले अध्यक्ष स्वर्णिमहाङ लिम्बुले प्रस्तुत गरेको १० लाख रुपयाको लिम्बु पत्रकार पुरस्कार अक्षयकोषको प्रस्ताव सुझाव सहित पारित गरेको छ । प्रस्तावमा सङ्घको सुनसरी शाखाले ‘एक सुका अभियान’ सञ्चालन गरी दाताहरूको आर्थिक सहयोगमा व्याज रकमबाट पुरस्कार वितरण गर्ने गरी अक्षयकोष निर्माण गर्ने उल्लेख छ ।