धरान :धरान रङ्गशालामा जारी प्रथम अन्तर क्लब मदन भण्डारी स्मृति कप महिला फुटबलको मगलबार भएको पहिलो सेमिफाइनलमा धरान लेडिज फुटबल क्लब फाइनलमा पुगेको छ ।
धरान लेडिज ४–० गोलको फराकिलो अन्तरले धरान ४ फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो । 
निर्धारित ६० मिनेटको खेलमा पहिलो हाफको १२ औ मिनेटमा लेडिज क्लबकी सुनिता राईले पहिलो गोल गरिन् । दोस्रो हाफको १३ औ मिनेटमा दोस्रो गोल गरिन् ।
लेडिज क्लबकै समीक्षा याक्खाले दोस्रो हाफको ९ औ मिनेटमा १ गोल गरिन् । लेडिजकै जुनी लिम्बुले दोस्रो हाफको १७ औ मिनेटमा १ गोल गरिन् ।
धरान ४ फुटबल क्लबले पटक पटकको गोल गर्ने प्रयास गरेता पनि सफल हुन सकेन । खेलको वुमन अफ द म्याच लेडिज क्लबकी समीक्षा याक्खा घोषित भइन् । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरिन् ।
 प्रतियोगिता सिटी फुटबल क्लबको आयोजना गरेको हो । प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछ ।
mahila-football 1