धरान : नगर प्रमुख हर्क साम्पाङले कोशीबाट धरान खानेपानी ल्याउने अनुदानलाई विदेशी ऋण भनेर भ्रम फैलाएको आफ्नो भनाई मिडियामा आएपछि सामाजिक सञ्जालमा आफूलाई गाली बेइज्जती गर्नेहरू विरुद्ध धरान-११ विष्णु चौककी पञ्चकला राईले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
उनले बुधवार इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश जवेगुलाई साइबर क्राईम गर्ने विरुद्ध निवेदन दर्ता गरेकी हुन । राईले सामाजिक सञ्जाल फेसबुकमा गाली बेइज्जती गर्ने अर्विन सेनेहाङ राई, आकाश राई, रितेन चाम्लिङ राई लगायतका व्यक्ति विरुद्ध साइबर क्राईमको उजुरी दिएकी छन् ।
उजुरी दर्ता लिँदै डिएसपी प्रकाश जवेगुले साइबर क्राईम अन्तर्गत ती व्यक्तिहरूलाई कारबाही हुने बताए । उनले भने ‘चाडै ती व्यक्तिहरूको खोजी अनुसन्धान गरी साइबर अन्तर्गत कारबाही गरिने छ ।’
डिएसपी जवेगुले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ, कसैको स्वतन्त्रताको अधिकार माथि सामाजिक सञ्जालमा मनपरी बोल्ने, लेख्ने विरुद्ध कारबाही हुने बताए ।