धरान: गोरखा सेमेट्री ट्रस्टको आयोजनामा आज आइतबार धरानमा गोरखा पुर्खा दिवसमा दिवङ्गत पुर्खाहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । धरान–१८ बिपी प्रतिष्ठान परिसरभित्र स्थित गोरखा सेमेट्री चिहानमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।
श्रद्धाञ्जली सभामा भूपू गोर्खा सैनिक तथा परिवारजनहरूले मौन धारण गर्दै पुष्प गुच्छा अर्पण गरी दिवङ्गत सैनिकहरूप्रति सम्मान व्यक्त गरे । सेमेट्रीमा बेलायती सेनामा कार्यरत रहँदा विभिन्न स्थानमा ज्यान गुमाएका गोर्खा सैनिकहरूको सम्झनामा समाधिस्थल निर्माण गरिएको छ ।
कार्यक्रममा ‘गोर्खा ट्रेल ब्लेजर नेपाल २०२६’ को चौथो संस्करणका लागि खटिएका स्वयंसेवकहरूलाई टिसर्ट तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको गोरखा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले बताए ।
कार्यक्रममा पूर्व सांसद जयकुमार राई प्रमुख अतिथि थिए । उनले पहिलो र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका गोर्खा सैनिकहरूका वीरताको इतिहासले नेपाललाई विश्वभर चिनाएको बताए ।
purkha-diwas