धरान(डेस्क) : झापाको कन्काई सिँचाई आयोजना नहरको ड्याममा डुबेर कमल गाउँपालिका ४ की ७० वर्षीया दीपामायाँ गौतमको मृत्यु भएको छ ।
आज मङ्गलबार बिहान ७ बजेको समयमा झापाको शिवसताक्षी नगरपालिका १० दोमुखामा रहेको उक्त नहरको ड्याममा एक वृद्धा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयवासीले दिएको सूचना पश्चात ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शव बाहिर निकाली आवश्यक कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि मेची अंचल अस्पताल भद्रपुर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापामा नहरको ड्याममा डुबेर ७० वर्षीया वृद्धाको मृत्यु
- वैशाख २४, २०७६ / 440 पटक पढिएको































































