धरान : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समिति संयोजकमा पुनः सरोज श्रेष्ठ चयन भएका छन् ।
महासङ्घ कोशी प्रदेशको बुधवार धरानमा सम्पन्न सातौँ अधिवेशनले श्रेष्ठलाई चयन गरेको हो । उनको संयोजकत्वमा १८ सदस्यीय कार्यसमिति पनि सर्वसम्म गठन भएको छ ।
नवगठित कार्यसमितिको सह-संयोजक टेक प्रसाद खनाल, सचिव नेत्रबहादुर थापा र कोषाध्यक्ष हरि थापा चयन भएका छन् ।
कार्यसमितिको खुल्ला सदस्यहरूमा कृष्णबहादुर कार्की, दुर्गाराम अर्याल, दिनेश निरौला, गोपाल बराल, कुशल राज दाहाल, रुद्र बहादुर बराल, भरत खतिवडा र ओम भक्त मैनाली चयन भएका छन् ।
वरिष्ठ सदस्यहरूमा मिलन विश्वकर्मा, हिमाल पाण्डे,विष्णु प्रसाद दुलाल, इन्द्र बहादुर बस्नेत रहेका छन् । महिला सदस्यमा मन्दिरा चौधरी चयन भएकी छन् ।
नवगठित समितिले यातायात व्यवसायीहरूको हकहित संरक्षण गर्दै सङ्गठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको नव निर्वाचित संयोजक श्रेष्ठले बताएका छन् ।