वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले नगर भित्र रहेका धार्मिक तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई विषयगत कार्यशाला आयोजना गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम र विभिन्न विद्यालयहरूको सहयोगमा आधारभूत तह कक्षा १ देखि ८ का शिक्षकहरूका लागि विषयगत कार्यशाला आयोजना गरेको हो ।
नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारतीका अनुसार नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
तालिममा नगरपालिका भित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको छ । बिहीबार र शुक्रवार आयोजना हुने उक्त कार्यशाला वराहक्षेत्र नगरपालिका वडा नं १ र २ का शिक्षक कालागि चतरा स्थित आदर्श माध्यमिक विद्यालयमा,वडा नं ३,४ र ५ का शिक्षक कालागि कालाबञ्जर स्थित जगनाथ डेनराज जनता ( जडेज ) माध्यमिक विद्यालयमा,वडा नं ६,७ र ८ का शिक्षकहरूलाई चक्रघट्टि स्थित महेन्द्र माध्यमिक विद्यालयमा त्यस्तै वडा नं ९ र १० का शिक्षक कालागि प्रकाशपुर स्थित प्रकाश माध्यमिक विद्यालयको सभा हल र वडा ११ का शिक्षक कालागि मधु वन स्थित जनता माध्यमिक विद्यालयको सभा हलमा आयोजना हुनेछ ।
नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम र विभिन्न विद्यालयहरूको सहयोगमा आधारभूत तह कक्षा १-८ का शिक्षकहरूका लागि आयोजना गरिएको विषयगत कार्यशाला नेपाली,अङ्ग्रेजी,गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयका विषयगत शिक्षकहरूको सहभागिता रहेको छ ।