वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. १ खारखोलाका नेपाली काँग्रेसका युवा नेता सन्तोष श्रेष्ठले रामधुनी मन्दिर स्थित गौशालामा रहेका गाईहरूलाई खाद्य सामाग्री र बाँदर लाई खाद्य खुवाएर मातातीर्थ औशी मनाएका छन् ।
सन्तोषले आफ्नो स्वर्गीय आमाको सम्झनामा रामधुनि मन्दिरमा पुगेर गौशालामा रहेका गाईहरूलाई खाद्य सामाग्री र बाँदरलाई खाद्य खुवाएर माता तीर्थ औशी मनाएका हुन् । 
यस अगाडिमा मातातीर्थ औशीको अवसरमा धर्मशालाहरूमा साधुहरूलाई सम्मान, खाद्य सहयोग गरेर मातातीर्थ औशी मनाउने गरेका थिए ।
मातातीर्थ औशीको दिन आफ्नो स्वर्गीय आमाको सम्झनामा मन्दिरमा सहयोग गर्न पाउँदा यस्तो कार्यले आत्मसन्तुष्टिसँगै आमाको आत्मशान्ति हुने विश्वास लिएको उनी बताउँछन् ।
स्थानीय खारखोला फुटबल क्लबको अध्यक्ष, वराहक्षेत्र नगर खेलकुद विकास समितिका सदस्य तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं.१ प्रदेश सभा २ प्रदेश प्रतिनिधि समेत रहेका सन्तोषले आफ्नो जन्मदिनमा पनि सामाजिक कार्यहरू वृक्षारोपण गर्ने, चौकमा सिसि टिभी जडान गर्ने, मन्दिर रङ्गरोगन लगायतका कार्य गर्ने गरेका छन् ।