धरान :धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानी महसुलको पुरानो महसुल नतिरेकाहरूलाई बक्यौता रकममा लाग्ने सबै जरिवाना एक महिना भित्र बाकी रकम तिरे छुट दिने भएको छ ।
जरिवाना छुटबारे खानेपानी बोर्डले सार्वजनिक सूचना जारी गरेको छ । धरानका कार्यवाहक प्रमुख, खानेपानी व्यवस्थापन बोर्डले  अध्यक्ष  अईन्द्र विक्रम बेघाका अनुसार वैशाख १ गतेदेखि लागू हुने गरी एक महिनासम्म पुरानो बक्यौतामा लाग्ने सम्पूर्ण जरिवाना छुटको व्यवस्था गरिएको छ ।
अध्यक्ष बेघाले भने“वैशाख १ गतेदेखि एक महिनासम्मका लागि खानेपानी महसुलको पुरानो बक्यौतामा लाग्ने सबै जरिवाना छुट गरिएको छ । बाँकी महसुल समयमै तिर्नुहुन सबैमा अनुरोध छ ।” 
उपमहानगरपालिकाका अनुसार समयमै महसुल तिर्न नसकेका उपभोक्तालाई राहत दिनुका साथै बक्यौता सङ्कलन बढाउने उद्देश्यले उक्त निर्णय गरिएको हो । यस अवधिमा पुरानो बक्यौता तिर्ने सेवाग्राहीले जरिवाना तिर्नु पर्ने छैन ।
उपमहानगरपालिकाले सबै उपभोक्तालाई तोकिएको समयभित्रै बाँकी महसुल बुझाउनसमेत आग्रह गरेको छ ।
khanepani-borad-suchana