धरान : ईलाका प्रहरी कार्यालय धरानमा फागुन महिना मात्र ३८ वटा मुद्दा दर्ता भएको छ,त्यसमा सबै भन्दा बढी लागुऔषध कारोबारका छन् । 
डिएसपी भाषणबाबु राईले आज सोमवार आयोजित पत्रकार सम्मेलनमा फागुन महिनामा सबैभन्दा बढी लागु औषध सम्बन्धी १० वटा मुद्दा दर्ता भएको बताएका हुन ।इलाका प्रहरीले लागुऔषधको अपराधमा १९ जना पक्राउ गरेको छ । 
फागुन महिनामा इलाका प्रहरी धरानले १ जना फरार प्रतिवादी पक्राउ गरी ३ हजार रुपैयाँ जरिवाना असुल गराएको छ ।
दर्ता भएका मुद्धाहरु सवारी ज्यान १,बहुविवाह १,आपराधिक उपद्रव ८,कर्तव्य ज्यान १,अभद्र व्यवहार १,बैङ्किङ कसुर ४, ठगी ४, झुन्डिएर मृत्यु २ र भवितव्य ५ गरी जम्मा ३८ वटा छन् ।
लागुऔषधमा पक्राउ परेका १९ बाट प्रहरीले ट्रामाडोल १ हजार ४६८ क्याप्सुल, स्पास्पिन १ हजार ८८ ट्याब्लेट,डिकोलिक ४०५ ट्याब्लेट,स्पास्मो प्रोभिसवन २८८ क्याप्सुल र गाँजा १ केजी ६७ ग्राम बरामद गरिएको छ । 
पक्राउ परेकाहरू मध्येबाट इलाका प्रहरी धरानले २ वटा मोटरसाइकल र २ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको छ ।
डिएसपी राई अनुसार धरानमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन ३ वटा एलआरपी र १३० वटा एसआरपी परिचालन गरिएको छ । सार्वजनिक सेवा प्रवाहको क्रममा फागुन महिनामा प्रहरीले ५१८ जना महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिएको उनले बताए ।