धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले दर्तावाल ग्रील व्यवसायीको संरक्षण गर्न दर्ता नभएकाहरूलाई कानुनको दायरामा ल्याउने प्रतिबद्ध रहेको बताएका छन्। 
उद्योग वाणिज्य सङ्घ हलमा शनिवार संयुक्त गृह उद्योग व्यवसायी सङ्घको नवौँ अधिवेशन उद्धघाटन गर्दे बेघाले भने ‘दर्ता नभएको ग्रील व्यवसायीहरूलाई पनि नियम कानुनको दायरामा ल्याउन स्थानीय सरकार प्रतिबद्ध भएर लाग्छ  ।’
सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले दर्ता नभई सञ्चालन भइरहेका व्यवसायलाई नियमन गर्न उपमहानगरपालिका तथा राजस्व कार्यालयसँग सहकार्य आवश्यक रहेको बताए ।
उनले बजार अनुगमन प्रभावकारी नभएको आरोप लगाउँदै बजार अनुगमन नहुँदा कालोबजारी बढेको दाबी गरे । उनका अनुसार मूल्य ट्यागमा मनपरी कालोबजारीको उदाहरण भएको बताउँदै भने ‘“५० लेखिएको ट्याग मेटाएर १०० देखि १२० सम्म बिक्री भइरहेको छ ।’
सङ्घको प्रगति प्रतिवेदनअनुसार उक्त संस्थाले आफ्नै स्रोतबाट भवन निर्माण गरेको छ । वस्तुगत सङ्घहरूमध्ये आफ्नै भवन निर्माण गर्ने पहिलो संस्था भएको दाबी गरिएको छ ।
कार्यक्रममा संस्थाको नयाँ कार्य समिती समेत चयन हुने जानकारी अध्यक्ष उदय कुमार राईले जानकारी दिएका छन् । साधारण सभामा सङ्घका सल्लाहकार तोर्ण बिश्वकर्मा लगायत ४ जनालाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल हार्डवेयर व्यवसायी सङ्घ कोशी प्रदेश अध्यक्ष नवीन लामा, उद्योग वाणिज्य सङ्घ सुनसरीका सदस्य नवीन राज भण्डारी लगायत  झापा, मोरङ र सुनसरी जिल्लाका थोक तथा रिटेल व्यवसायी सङ्घका प्रतिनिधिहरू, स्थानीय भवन निर्माण व्यवसायी सङ्घ, हार्डवेयर व्यवसायी तथा उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
giral-sammanअध्यक्षमा पुनः उदयकुमार राई :
संयुक्त गृह उद्योग व्यवसायी सङ्घको अध्यक्षमा उदयकुमार राई पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
नवौँ अधिवेशन तथा साधारण सभाबाट प्रथम उपाध्यक्षमा कमल शङ्कर र द्वितीय उपाध्यक्षमा सुन्दर श्रेष्ठ चयन भएका छन् । सचिवमा प्रेम कुमार राई, सहसचिवमा मदन कुमार प्रधान र कोषाध्यक्षमा तुलाराम श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
त्यसै गरी सदस्यहरूमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, प्रदीप विक र विवश विश्वकर्मा चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष राईले दर्ता नभएका ग्रील व्यवसायीलाई दर्ता प्रक्रियामा ल्याउन सहजीकरण गर्ने,सङ्घको निर्माणाधीन भवन पूरा गर्ने तथा अघिल्ला कार्यकालमा अधुरा रहेका कामहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
grill-adyakshya