धरान: धरान प्रवेश गर्ने मुख्य नाका धरान ८ तीनकुनेस्थित कोशी राजमार्गमा चेकजाँचको क्रममा बिहिबार साँझ करिब ५ बजे एक युवा लागुऔषधसहित पक्राउ परेका छन् ।

इटहरीबाट धरानतर्फ आइरहेको यात्रुबहाक बसमा चेकजाँच गर्दा धरान १५ का २१ बर्षीय सुरज तामाङ लागुऔषधसहित पक्राउ परेका हुन् । चेकिङमा खटिएको प्रहरी टोलीले सवारी साधन र शंकास्पद ब्यक्तिहरु चेकजाँच गर्ने क्रममा उनले लगाएको ट्रयाकको अगाडीको गोजीमा लागुऔषध फेला परेको थियो । उनको साथबाट एभिल १० एम्पुल, डाईजेलाब १० एम्पुल, लुपिजेसिक १० एम्पुल फेला परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी लागुऔषध मुद्दामा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।