धरान: बालिका यौन दुर्व्यवहारको आरोप लागेका श्रमदाता ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

धरान–१७ पृथ्वी चोकका राई आज बुधवार साँझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिएका हुन ।वैशाख १७ गते बुधवार धरान १६ स्थित बहुभाषिक पाठशालामा श्रमदान चलिरहेको बेला राईले बालिकालाई यौन हिंसा गरेका हुन ।श्रमदान कार्यक्रममा आरोपित राई त्यति बेला भान्सेको काम गरेको पीडितका काका बम बहादुर विश्वकर्माले बताएका छन् ।