सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु(पासाङल्हामु गाउँपालिका(२ मा सोमबार भिरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
भिरबाट लडेर सोही गाउँपालिका बस्ने बर्ष ७० को निमा थुण्डु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शेर्पाको बिहान करिब साढे १० बजेको समयमा आफ्नै बारीमा लगाएको अन्नपात खान आएको बाँदरलाई लखेट्ने क्रममा सोही ठाउँमा रहेको वाङ्दु भिरबाट अन्दाजी ६०० मिटर तल खसेर घटनस्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय लुक्लाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाईएको उक्त कार्यालयले जनाएको छ ।


_1749430366.gif)






































































