इटहरीः महिलाहरुलाई अधिकार र नेतृत्व विकासमा जोड दिदै सुनसरीको इटहरीमा सात दिने तालिम शुरु भएको छ । जनचेतना महिला समुहको आयोजनामा अधिकारमा आधारित नेतृत्व विकास तथा संस्था सञ्चालन सम्बन्धी तालिम सुरु भएको हो । नेप्ली मिडियाको संयोजनमा सञ्चालन भएको तालिममा याम प्रधान, हिमाल दाहाल, योशा गुरागाई, सुभद्रा प्याकुरेल र सोनु जयन्तीले सहजीकरण गरिरहेका छन ।
कमला तामागंको अध्यक्षता तथा इटहरी वार्ड नम्वर ४ का अध्यक्ष चन्द्र भट्टराईको प्रमुख आतिथ्यता तालिमको उद्घाटन गरिएको थियो । अध्यक्ष भट्राईले तालिमको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उद्घाटन सत्रमा अन्य अतिथीहरु सुनिल कार्की, देविका निरौला, मेनुका राई ,पशुपति खतिवडा लगायतले तालिमको सफलताको शुभकामना दिएका थिए ।