धरान : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्तिको अवसरमा शुभकामना सन्देश दिएका छन् । यस्ता चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, विशेषताहरूले भरिएको सुन्दर देश भएको बताउँँदै मुख्यमन्त्री राईले जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मकर सङ्क्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रूपमा हर्षोल्लास पूर्वक धूमधामले मनाउने गरेको उनले बताएका छन् ।
तरुललगायतका कन्दमुल तथा घिउ, चाकु, तिलको लड्डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले नेपालीबीच बन्धुत्व एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको मुख्यमन्त्री राईको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।


_1749430366.gif)






































































